अनेसास जापानको कविता कन्सर्ट भव्य रूपमा सम्पन्न
पुस २७, २०८२जापान । अनेसास दिवसको अवसरमा अनेसास जापान च्याप्टरले आयोजना गरेकाे कविता कन्सर्टको तेस्रो शृङ्खला भव्य रूपमा सम्पन्न भएको छ । कन्सर्टमा जापानमा रहेका चर्चित पाँच जना कवि तथा कवयत्रीहरूले आफ्ना सशक्त तथा भावनात्मक कविता वाचन गर्नुभएको थियो । कविता वाचन गर्नेहरूमा कवि डिजी शर्मा, सुविन न्यौपाने कान्जिभाइँ,बलराम उपाध्याय,आदिपुरुष तथा कवयत्री सविता भण्डारी रहनुभएको थियो ।
सबै पढ्नुहोस