×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: आज देशभरका ७५३ पालिकामा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: आज देशभरका ७५३ पालिकामा अधिवेशन हुँदै

काठमाडौँ - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज (बुधबार) देशैभरका पालिका तहमा अधिवेशन सुरु भएको छ। पार्टीको स्थानीय सांगठनिक संरचना मजबुत बनाउने क्रममा ७५३ वटै पालिका (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका) मा नेतृत्व चयनका लागि अधिवेशन हुन लागेको हो।  

केन्द्रीय निर्वाचन समितिका अनुसार बाढीपहिरोबाट प्रभावित नुवाकोट, धादिङ तथा मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका सबै वडामा मंगलबारसम्म अधिवेशन सम्पन्न भइसकेको छ। प्राकृतिक विपत्तिबाट ठूलो क्षति बेहोरेको रसुवा जिल्लामा भने केही दिनपछि मात्र अधिवेशन गर्ने गरी तयारी मिलाइएको छ।  

नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा १ सभापति, १ महिलासहित २ उपसभापति, १ सचिव र १ सहसचिव गरी ५ जना पदाधिकारी निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्नेछन्। आजको अधिवेशन सफल भएसँगै देशभरका पालिका तहमा कांग्रेस हाँक्न ३ हजार ७ सय ६५ जना नयाँ पदाधिकारी चयन हुनेछन्।   

प्रतिकृया दिनुहोस्