बुधबारदेखि देशभर १४.२ केजीकै ग्यास सिलिन्डर वितरण हुने, मूल्य २ हजार ६० रुपैयाँ कायम
असार ३०, २०८३काठमाडौं - नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ। निगमले यही असार ३१ गते बुधबारदेखि लागू हुने गरी मुलुकभर साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर ग्यास भर्ने र प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो। यसअघि बजारमा अभाव हुन नदिन अस्थायी रूपमा ७.१ केजीको आधा ग्यास मात्र भर्ने व्यवस्था गरिएकोमा अब त्यसलाई अ
सबै पढ्नुहोस