४१ अङ्कले घट्यो नेप्से
माघ १६, २०७९काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ। ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३३ अङ्कले ओरालो लागेर चार सय दुई दशमलव ९८ मा सीमित भएको छ।
सबै पढ्नुहोस