सुनको मूल्य बढ्यो, आज तोलामा कति ?
माघ २३, २०७९काठमाडौँ- सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा २ हजार रुपैयाँले घटेको सुनको मूल्य आज फेरि ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य आज तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ तोकेको छ । हिजो १ लाख ४ हजार १ सय रुपैयाँ थियो । गएको बिहीवार मूल्य बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।
सबै पढ्नुहोस