हुन त अनलाईन न्युज पोर्टलहरुको भिडमा यो अनलाईन आउँदा पाठकहरुमा त्यति धेरै उत्साह नहुन सक्छ, सत्य र तथ्यनै नबुझी रातारात भाईरल हुने खालका समाचारहरु प्रकाशित गर्दै आएका अनलाईनका समाचारहरुवाट वाक्क र दिक्क भएका पाठकहरुका लागी अनलाईनप्रति झट्ट विश्वास नहुनपनि सक्छ । तर हामी दृढ भएर भन्दैछौ समाचारमा फरकपना अबश्य ल्याउनेछौँ, इन्द्रेणीका सातै रंगमा देखिने चमक जस्तै समाचारमा पनि चमक दिनेछौँ, ठिक समयमा ठिक समाचार प्रकाशित गरि पाठकलाई उर्जाशिल बनाउनेछौँ, यस न्युज पोर्टलमा सामाजिक गतिबिधीहरुलाई प्राथमिकतामा राखेर सामाजिक काम गर्ने युुवाहरुलाई उत्साह भर्नेछौ, समाचार मार्फत समाजमा नकारात्मकता फैलाएर पाठकहरुलाई निराशा पार्ने भन्दा सकारात्मक समाचारहरु हाम्रो प्राथमिकतामा पर्नेछ । सत्कर्म गरिरहेका युवाहरुको जोशलाई समाचारको माध्यमले पाठकहरुमा सम्प्रेषण गरि सकारात्मक काम गर्नका लागी प्रेरणा दिने हाम्रो प्रयास हुनेछ । - सम्पादक

