×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखराका लागि ऐतिहासिक क्षण: फ्लाई दुबईद्वारा आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु

पोखराका लागि ऐतिहासिक क्षण: फ्लाई दुबईद्वारा आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु

काठमाडौँ - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (बुधबार) देखि फ्लाई दुबईले पोखरा–दुबई–पोखरा रुटमा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्दैछ। २०७९ पुस १७ गते सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा फ्लाई दुबईको उडान सुरु हुन लागेपछि स्थानीय पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। पहिलो उडानलाई विमानस्थलमा 'वाटर क्यानन सल्युट' (पानीको फोहरा) ले स्वागत गरिनेछ। अध्यागमन, भन्सार र सुरक्षा लगायतका सबै पूर्वाधार व्यवस्थापन पूरा भइसकेको विमानस्थल प्रशासनले जनाएको छ। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वव्यापी ट्रान्जिट हब भएकाले यो उडानले पोखराको पर्यटन र अध्ययन/वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि दीर्घकालीन राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्