काठमाडौँ। सामान्य रूपमा किनिएको इनर्जी ड्रिङ्कको एउटा क्यानले कतिबेला ठुलो पुरस्कार दिलाउँछ, पत्तै हुँदैन। ‘म्याक्स टाइगर इनर्जी ड्रिङ्क’ को ‘दशैँ धमाका २०८२’ अभियानअन्तर्गत यस्तै भाग्यशाली बनेका विजेताहरूको हातमा अब पुरस्कार पुग्न थालेको छ। अभियानअन्तर्गत काठमाडौँ र विराटनगरमा आयोजित ‘एक्सट्रिम फ्यानजोन’ कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको हो।
काठमाडौँको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित विशेष कार्यक्रममा काठमाडौँका सुमन कर्माचार्य र विनोद ढुङ्गेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ। म्याक्स टाइगरको क्यानको बिर्कोबाट आकर्षक पुरस्कार जित्ने अवसर पाएका दुवै विजेताले आफूले जितेको मोटरसाइकल प्राप्त गरेका हुन्।
यता, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोनमा पनि दुई विजेताले पुरस्कार प्राप्त गरेका छन्। धरानका अनोज कुमार अधिकारीलाई स्कुटर हस्तान्तरण गरिएको छ भने विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन्। यससँगै काठमाडौँ र विराटनगरमा गरी तीन वटा मोटरसाइकल र एउटा स्कुटर विजेतालाई हस्तान्तरण गरिएको हो।
पुरस्कार प्राप्त गरेपछि विजेताहरूले खुसी व्यक्त गर्दै यो क्षण आफ्नो जीवनकै अविस्मरणीय र अप्रत्याशित रहेको प्रतिक्रिया दिएका छन्। मोटरसाइकल विजेता सुमन कर्माचार्यले सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कबाट यति ठुलो पुरस्कार पाउने कल्पनासमेत नगरेको बताउँदै खुसी शब्दमा व्यक्त गर्न कठिन भएको बताए। त्यस्तै, अर्का विजेता विनोद ढुङ्गेल र स्कुटर विजेता अनोज कुमार अधिकारीले पनि म्याक्स टाइगरको यो अभियान आफ्ना लागि सुखद र यादगार अनुभव बनेको बताएका छन्।