मोबाइल चलाएरै सकिन्छ दिन: इन्टरनेटलाई किन कमाइसँग जोड्न सकेन नेपालले?
बैशाख १५, २०८३काठमाडौं - नेपालमा प्रविधिको विस्तार लोभलाग्दो देखिए पनि यसको प्रयोग उत्पादनमूलक हुन नसकेको सरकारी तथ्याङ्कले देखाएको छ। अर्थ मन्त्रालयको पछिल्लो आर्थिक स्थितिपत्रअनुसार नेपालमा इन्टरनेट ग्राहकको घनत्व १४४ प्रतिशत नाघिसकेको छ, तर यसको ठुलो हिस्सा केवल मनोरञ्जनमा मात्र सीमित छ। पहुँचको हिसाबले यो उपलब्धि सकारात्मक देखिए पनि प्रविधिको गुणस्तर र यसबाट लिइने आर्थिक लाभमा भने नेपाल निकै पछि देखिएको छ।
सबै पढ्नुहोस