हङकङविरुद्द नेपाल टस जितेर फिल्डिङमा
कार्तिक २, २०८०काठमाडौं- त्रिकोणात्मक टि२० आई सिरिजअन्तर्गत घरेलु टोली नेपालले हङकङविरुद्ध टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा कुनैपनि खेलाडी परिवर्तन गरेको छैन । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।
सबै पढ्नुहोस