काठमाडौं - मधेश प्रदेशले प्रधानमन्त्री कप क्रिकेट एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा मधेशले कोशी प्रदेशलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा कोशीले दिएको १२८ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभर १ बालमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
मधेश लागि अनिल कुमार शाहले ८८ रनको अर्धशतकीय पारी खेले । उनले ५४ बलमा १४ चौका र ३ छक्का प्रहार गरे । यस्तै हरिशंकर शाहले २४ बनाउँदा निरज यादवले ९ रन बनाए । बलिङतर्फ कोशीका सोनु मण्डलले दुई विकेट लिए । त्यस्तै सुजन थपालियाले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोशीले ४१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।
कोशीका लागि अंकित सुवेदीले ४० रनको योगदान गरे । त्यस्तै फिर्दोस अन्सारीले ४१ रन बनाए ।
बलिङतर्फ मधेशका प्रदीप पासपानले तीन विकेट लिए । त्यस्तै पवन सरार्फ, राजेश यादव र रन्जित कुमारले दुई–दुई विकेट लिए ।
१० टोली सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।