उपत्यकामा थप ५,२९९ जनामा कोरोना संक्रमण पुष्टि
माघ ७, २०७८काठमाडौँ- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४ हजार २७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनामा गरिएको नमुना परीक्षमा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सबै पढ्नुहोस