×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारी डकुमेन्ट मोबाइल एपबाट 'स्क्यान' गर्न प्रतिबन्ध: तीनै तहका सरकारलाई मन्त्रिपरिषद्को परिपत्र

सरकारी डकुमेन्ट मोबाइल एपबाट 'स्क्यान' गर्न प्रतिबन्ध: तीनै तहका सरकारलाई मन्त्रिपरिषद्को परिपत्र

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक परिपत्र जारी गर्दै सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न कडा निर्देशन दिएको छ। तीनै तहका सरकार (संघ, प्रदेश र स्थानीय) लाई पठाइएको उक्त परिपत्रमा मोबाइल स्क्यानिङ एपहरूको प्रयोगले संवेदनशील र गोप्य सरकारी सूचनाहरूको सुरक्षामा गम्भीर असर पर्न सक्ने उल्लेख छ।

मन्त्रालयका कम्प्युटर इन्जिनियर बोधराज बरालका अनुसार सरकारी कागजातको गोपनीयता र सुरक्षित अभिलेखीकरण सुनिश्चित गर्नु प्रत्येक कार्यालय तथा कर्मचारीको दायित्व भएकाले डिजिटल सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालिएको हो।

प्रतिकृया दिनुहोस्