×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौं - मुलुककै जेठो र ठुलो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्ष पदमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्। यसैगरी, आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ। विगतमा विभिन्न विवादमा तानिँदै आएको सेवा आयोगको गरिमा फर्काउन र पारदर्शी एवं निष्पक्ष ढंगले योग्य जनशक्ति चयन गर्न यो नियुक्ति गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको नेतृत्वमा गठित सिफारिस समितिले खुला आवेदनमार्फत संकलन भएका नामहरूको सघन अध्ययन, मूल्याङ्कन र अन्तर्वार्तापछि सिफारिस गरेको सर्टलिस्टका आधारमा थापा र मास्केलाई यो जिम्मेवारी सुम्पिएको हो।

प्रतिकृया दिनुहोस्