धार्मिक तथा साम्प्रदायिक विद्वेष फैलाउने ११ मिडिया र युट्युबमाथि प्रेस काउन्सिलको कारबाही
साउन १५, २०८३काठमाडौं - सुनसरी लगायतका जिल्लामा विकसित पछिल्ला घटनाहरूलाई लिएर धर्म र सम्प्रदायबिचको सुसम्बन्धमा खलल पार्ने, हिंसा तथा त्रास फैलाउने सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमहरूमाथि प्रेस काउन्सिल नेपालले कडा कारबाही सुरु गरेको छ। स्वअनुगमनका क्रममा पत्रकार आचारसंहिता विपरीतका सामग्री प्रवाह गरेको पाइएपछि ११ वटा मिडिया र सामाजिक सञ्जालका पानाहरूलाई कारबाहीको दायरामा ल्याइएको हो।
सबै पढ्नुहोस