×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप १०, ७०३ जनामा कोरोना संक्रमण पुष्टि

थप १०, ७०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ जनामा गरिएको नमुना परीक्षमा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७६६ जना कोरोना संक्रमणबाट निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ ।

नेपालमा हालसम्म कुल संक्रमितको संख्या १० लाख ६ हजार ५९१ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट ८ लाख १९ हजार ५७५ जना निको भएका छन् भने ११ हजार ६३५ जनाको मृत्यु भएको छ ।

यस्तै १० वर्ष मुनिका १५३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५२३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस्