×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावको मितिबारे छलफल गर्न गठबन्धनको बैठक

चुनावको मितिबारे छलफल गर्न गठबन्धनको बैठक

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । स्थानीय तहको निर्वाचन कि संघीय संसद्को निर्वाचन पहिला भन्ने बहस चलिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक ४ बजे बस्न लागेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार गठबन्धनको बैठकमा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवै कोरोना संक्रमित भए पछि लामो समयदेखि गठबन्धनको बैठक बस्न सकेको थिएन ।

दुवै नेता कोरोना संक्रमणमुक्त भएपछि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासहित वार्ता भएको थियो । सोही भेटवार्ता पछि गठबन्धनको बैठक अपराह्न ४ बजे बोलाइएको हो ।

प्रतिकृया दिनुहोस्