काठमाडौं - एक गोलले पछि परेको कठिन अवस्थाबाट कप्तान ह्यारी केनले उत्कृष्ट पुनरागमन गराउँदै इंग्ल्यान्डलाई डीआर कंगोमाथि २–१ को रोमाञ्चक जित दिलाएका छन्। दोस्रो हाफमा केनले लगातार दुई गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याउन निर्णायक भूमिका खेले।
डीआर कंगोले सुरुवाती अग्रता लिए पनि इंग्ल्यान्डले धैर्य गुमाएन। ७५औँ मिनेटमा केनले बराबरी गोल गरे भने ८६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे। यससँगै इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा उपाधि यात्रालाई निरन्तरता दिएको छ।
जारी प्रतियोगितामा केनको गोल संख्या ५ पुगेको छ र उनी गोल्डेन बुटको प्रतिस्पर्धामा बलियो दाबेदार बनेका छन्।