यूएईसँग पराजित हुँदै बाहिरियो नेपाल, यूएई ग्लोबल छनोटमा
मङ्सिर १२, २०७८आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल यूएईसँग पराजित भएको छ । विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन जित्नैपर्ने खेलमा नेपाल ४८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगितामा अपराजित रहँदै यूएईले भने ग्लोबल छनोटमा स्थान बनायो । टस हारेर पहिलो ब्याटिङ गरेको यूएईले नेपालसामु १२८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपाल १९.४ ओभरमा ७९ रन जोड्दा अलआउट भयो
सबै पढ्नुहोस