×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालले यु–१९ एसिया कप खेल्ने

नेपालले यु–१९ एसिया कप खेल्ने

काठमाडौं  -  नेपालले एसीसी यु–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
एसिया कप युनाईडेट अरब इमिरेट्स (युएई)मा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ ।
नेपाली क्रिकेट संघ (क्यान)का कार्यवाक सचिव प्रशान्त विक्रम मल्लले नेपालले एसिया कपमा सहभागिता जनाउने बताए । 
उनका अनुसार प्रतियोगिताका लागि नेपाल डिसेम्बर १९ सम्म प्रतियोगिता आयोजना हुने स्थलमा पुग्नुपर्नेछ । 
तर प्रतियोगिता स्थलको अन्तिम टुंगो भने अझै सुनिश्चित हुन बाँकी रहेको मल्लले बताए ।
मल्लका अनुसार काठमाडौंमा जारी वाई–वाई यु–१९ क्रिकेट प्रतियोगिता एसिया कपकै छनोटका लागि आयोजना भएको हो । 
क्यानले सकेसम्म आईतबार नै नेपाली टोलीको घोषणा समेत गर्ने मल्लले जानकारी गराए । 
एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहने छ ।

प्रतिकृया दिनुहोस्