×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यु–१९ क्रिकेट : उपाधिका लागि सुदुरपश्चिमलाई २१३ रनको लक्ष्य

यु–१९ क्रिकेट : उपाधिका लागि सुदुरपश्चिमलाई २१३ रनको लक्ष्य

काठमाडौं -  वाई–वाई यु–१९ पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल लुम्बिनी प्रदेश र सुदुरपशिचम प्रदेशबीच टियु क्रिकेट मैदानमा जारी छ । 
प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले सुदुरपश्चिमलाई २ सय १३ रनको लक्ष्य दिएको छ । 
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा अलआउट हुदै २ सय १२ रन जोड्यो । 
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान गरे । देवले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । 
विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे । 
सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे । 
शेर मल्ल र हेमन्त धामीले समान दुई–दुई विकेट चट्काए ।  
नरेन साउद र राहुल भण्डारीले एक–एक विकेट लिए । 

प्रतिकृया दिनुहोस्