नेपाल हङकङसँग ६ विकेटले पराजित
मङ्सिर ६, २०७८काठमाडौँ । टी-ट्वेन्टी महिला विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । दुबईमा नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा मात्र चार विकेट गुमाएर पूरा गर्यो । हङकङका लागि मारिगा हिलले सर्वाधिक ४३ रन बनाइन् । नेपालका लागि कविता कुँवर, सीता राना मगर र सबनम राईले १–१ विकेट लिए ।
सबै पढ्नुहोस