टी-२० विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित
कार्तिक १३, २०७८काठमाडौं - आईसीसी टी-२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार भएको सुपर- १२ को समूह-२ को खेलमा पाकिस्तानले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको हो । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रेको पाकिस्तानले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले सर्वाधिक ५१ रनको योगदान गरे । यस्तै, आसिफ अली २५ रनमा अविजित रहे । अफगानिस्तानका राशिद खानले
सबै पढ्नुहोस