×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अब टी- २० फर्म्याटमा

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अब टी- २० फर्म्याटमा

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)को आयोजना तथा  राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आर्थिक सहयोगमा  हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोयिगताको फर्म्याट परिवर्तन भएको छ ।  यो पटक प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पुस २६ गतेदेखि आयोजना हुने प्रतियोगिताका लागि क्यानले राखेपलाई टी २० फर्म्याटमा प्रतियोगिता आयोजना गर्नका लागि अनुमति मागेको थियो ।

नेपाली टिमले ओमानमा टी २० विश्वकप छनोट खेल्ने भएकाले खेलाडीलाई अभ्यस्त बनाउन पनि यस पटकलाई क्यानले राखेपसँग टी २० प्रतियोगिता गराउन अनुरोध गरेको थियो ।

क्यानको अनुरोध राखेपले स्वीकार गर्दै २५ गतेदेखि हुने प्रतियोगिता टी २० फर्म्याटमा गराउन अनुमति दिएको हो ।

प्रधानमन्त्री कपमा ७ वटा प्रदेश र ३ विभागीय गरि १० टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रधानमन्त्री कपका लागि राखेपले ३७ लाख ५० हजार यसअघि नै विनियोजन गरिसकेको छ ।

प्रतियोगिता १ करोड ४० लाख खर्च लाग्ने क्यानका कार्यबहाक सचिव प्रशान्त मल्लले नेप्लेजलाई जानकारी दिए ।

प्रधानमन्त्री कपका लागि अहिले प्रदेशहरुले टिम घोषणा गर्न पनि थालिसकेका छन् । यस्तै अहिले नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पनि प्रतियोगिता खेल्न दिइने छ । 

प्रतिकृया दिनुहोस्