×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

घरेलु मैदानमा वल्भ्ससँग म्यानचेस्टर युनाइटेड स्तब्ध

घरेलु मैदानमा वल्भ्ससँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वोल्भ्ससँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा वोल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेड घरेलु मैदानमा वोल्भ्ससँग स्तब्ध भएको हो । खेलमा ८२औँ मिनेटमा जोआओ मोउटिनहोले वोल्भ्सका लागि गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि वोल्भ्स १९ खेलमा २८ अंक हासिल गर्दै लिगमा ८औँ स्थानमा पुगेको छ । त्यस्तै म्यानचेस्टर युनाइटेको १९ खेलमा ३१ अंक रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ ।

 

प्रतिकृया दिनुहोस्