×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोधुली कपको पुरस्कार राशि बढ्यो

गोधुली कपको पुरस्कार राशि बढ्यो

धरान- धरानको चर्चित गोधुली कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । धरानमा हुने यही २४ गतेदेखि माघ ८ गतेसम्म गोधुली फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको गोधुली क्लबले जनाएको छ ।

गोधुली रनिङ कपको २२औँ संस्करणसम्म आउँदा यो वर्षदेखि पुरस्कारको राशि समेत बढाइएको हो । गोधुली क्लबका अनुसार प्रथम पुरस्कार वृद्धि गरेर विजेतालाई १ लाख ५० हजार बनाइएको छ भने उपविजेताले ७५ हजार नगद पुरस्कार पाउनेछन् ।

गत वर्ष सम्पन्न प्रतियोगितामा विजयी टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको थियो । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिश केसीले जानकारी दिए ।

धरान १६ रङ्गशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको उनले बताए । प्रतियोगितामा धरानको २० वटै वडाको टिम सहभागी हुने आयोजकको भनाई छ ।

प्रतिकृया दिनुहोस्