×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

 

काठमाडाैँ- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपमा वेन्समाथि ४-० को सहज जित निकाल्दै अन्तिम ३२ मा प्रवेश गरेको छ । पीएसजीको जितमा फ्रेन्च युवा स्टार केलियन एमबाप्पेले ह्यट्रिक पूरा गरेका थिए ।

सोमबार राति भएको खेलमा प्रेस्नेल किम्पेम्बेले नुनो मेन्डेसको कर्नरमा हेड गोल गर्दै पीएसजीलाई २८ औ मिनेटमा अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता कायम गरेको पीएसजीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

दोस्रो हाफमा सबै तीन गोल एम्बाप्पले सम्भव बनाए । उनले ५९ औ मिनेटमा किम्पेम्बेकै पासलमा पहिलो गोल गरे । ७१ औ मिनेटमा उनले जाभी सिमोन्सको पासलाई सदुपयोग गरेका थिए । ह्याट्रिक पुरा गर्ने क्रममा एमबाप्पेले जुनियर दिना एबिम्बेको पासलाई सदुपयोग गर्दै ७६ औ मिनेटमा टीमको अग्रता ४-० मा पुर्‍याए ।

एमबाप्पेले पीएसजीका लागि १ सय ५० गोल समेत पुरा गरे। उनले १ सय ९६ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । पीएसजीले पछिल्ला ७ फ्रेन्च कपको उपाधि जितेको छ । सन् २०१५ यताका सबै संस्करणको फाइनलमा पुगेको पिएसजी यो पटक पनि उपाधि उचाल्ने लक्ष्यमा छ ।

पीएसजी लियोनल मेसी सहित चार खेलाडीलाई कोभिड-१९ पोजेटिभ देखिएपछि दबाबमा परेको थियो । तर उनीहरूको अनुपस्थितलाई एमबाप्पेले अभाव हुन दिएनन् ।

प्रतिकृया दिनुहोस्