बानेश्वर क्षेत्रको सडक नेपाली सेनाले नियन्त्रणमा
भदौ २३, २०८२काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन र त्यस आसपासका सडक नेपाली सेनाले नियन्त्रणमा लिएको छ। जेन जीको प्रदर्शनपछि दिनभर तनावग्रस्त रहेको बानेश्वर क्षेत्र अहिले सेनाले नियन्त्रणमा लिएको हो। अहिले सडक खाली छ। नयाँ बानेश्वर चोक र त्यसआसपासको मुल सडक क्षेत्र अहिले सुनसान जस्तै छ । सडकमा अहिले हतियारसहितका सेना परिचालन गरिएको छ।
सबै पढ्नुहोस