डोल्पा। डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाबाट प्रसिद्ध शे–फोक्सुण्डो तालतर्फ आउँदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन्। शे–फोक्सुन्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने कठिन नुमला पास र वागला पास क्षेत्रबाट उनीहरू सम्पर्कविहीन भएका हुन्।
बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावका कारण उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएपछि पर्यटकहरू हिउँमा फसेको अनुमान गरिएको छ। स्थानीयवासीले मौसम खराब भएकाले हिमाल पार नगर्न सचेत गराउँदा-गराउँदै पनि उनीहरू जबर्जस्ती धोबाट फोक्सुन्डो तालतर्फ अघि बढेका थिए।