×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बस्ती खाली गराउँदा भएका त्रुटि सरकारले सच्याउनुपर्छ : गगन थापा

बस्ती खाली गराउँदा भएका त्रुटि सरकारले सच्याउनुपर्छ : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्थानीयबासीसँग गरिएका प्रतिबद्धता पूरा नगरी हतारमा बस्ती खाली गराउने सरकारी कदममा त्रुटि भएको भन्दै त्यसलाई तत्काल सच्याउन माग गरेका छन्। नागरिकले उठाएका प्रश्न र निर्णय बदल्ने कुरालाई सरकारले आफ्नो 'इगो' बनाउन नहुने उनको भनाइ छ।

पशुपतिको ऐतिहासिक बस्ती हटाउँदा त्यहाँको कला, संस्कृति, जात्रा र परम्परा सदाका लागि मेटिन सक्ने भन्दै सभापति थापाले यस्ता संवेदनशील निर्णयहरूमा सरकारलाई पुनर्विचार गर्न ध्यानाकर्षण गराएका छन्।

प्रतिकृया दिनुहोस्