×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुरक्षा थ्रेटको कारण देखाउँदै पूर्वमुख्यमन्त्री रावलद्वारा सुरक्षाकर्मीको माग

सुरक्षा थ्रेटको कारण देखाउँदै पूर्वमुख्यमन्त्री रावलद्वारा सुरक्षाकर्मीको माग

कन्चनपुर - नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलले आफूमाथि सुरक्षा थ्रेट (खतरा) भएको भन्दै सुरक्षाकर्मी (पीएसओ) माग गरेका छन्। उनले यसका लागि १ असारमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सोझै निवेदन दिएका हुन्।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार रावललाई वास्तवमै सुरक्षा खतरा छ वा छैन भन्ने विषयमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा विश्लेषण समितिले सुक्ष्म अध्ययन गरिरहेको छ। उक्त समितिको प्रतिवेदन र विश्लेषणका आधारमा मात्र सुरक्षाकर्मी उपलब्ध गराउने/नगराउने निर्णय लिइनेछ।


यसअघि पूर्वमुख्यमन्त्रीको हैसियतमा रावलले दुई जना पीएसओ पाएका थिए। तर, तोकिएको मापदण्डअनुसारको अवधि सकिएपछि ती सुरक्षाकर्मीहरू फिर्ता भइसकेका छन्। प्रदेश सरकारमार्फत माग गर्ने विकल्प हुँदाहुँदै पनि रावलले यसपटक सिधै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।

प्रतिकृया दिनुहोस्