एक सातादेखि लघुवित्तका कर्मचारी बेपत्ता
असोज १६, २०७८एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ः २५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४ः २२ बजे साथीलाई सन्देश पठाएको र ४ः २५ बजेदेखि मोबाइल अफ भएको छ । मासिक बैठक
सबै पढ्नुहोस