काठमाडौँ- युवा पुस्ताको जीवनशैली समेटिएको गीत ‘जेनेरेसन’ सार्वजनिक भएको छ । गायिका हिमानी कानको स्वर र र्यापर बुलेट फ्लोको र्याप समावेश गीतमा महेश ज्ञवालीको शब्द तथा संगीत छ ।
भिडिओमा उषा उप्रेती, विना राउत, श्रृष्टि खड्का, लोशिना लामिछाने, सोनिया महत, प्रिन्शिका श्रेष्ठ र अलिशा श्रेष्ठको अभिनय छ । सन्तोष राजबाहकको कोरियोग्राफी, बुद्ध थापाको छायाँकन र विकाश दाहालको सम्पादन रहेको भिडिओ सशान कँडेलले निर्देशन गरेका हुन् ।