काठमाडौँ- संयुक्त अधिराज्य (युके)को स्कटल्यान्डको राजधानी ग्लास्गोमा भोलिबाट १३ तीनसम्म हुने संयुक्त रास्ट्रसंघीय जलवायु सम्मेलन स्थल बाहिर प्रदर्शन हुने भएको छ । विश्व चर्चित वातावरणीय न्याय आन्दोलनकी अभियन्ता ग्रेटा थनवर्गले उक्त प्रदर्शनको नेतृत्व गर्ने भएकी हुन् ।
ग्रेटाले बीबीसीका पत्रकार एन्ड्रु मारसँग आइतबार सुरु हुने सम्मेलन स्थल अगाडि नै प्रदर्शनहरू हुने बताएकी छिन् । फोसिल फ्युल(जिवाष्मा इन्धन)मा हुने लगानी निरुत्साहित गर्न प्रदर्शन हुने उनले बताएकी छिन् । प्रदर्शन न्यूयोर्क र लन्डनदेखि नैरोबीसम्म एकै समयमा हुने ग्रेटाले बताएकी छन् ।
स्विडेनकी ग्रेटाले आफू ‘क्लाइमेट स्ट्राइक’ गर्न स्कटल्यान्ड जाने बताएकी छन् । यो पटक ग्रेटाले वातावरणलाई विनाश गर्ने परियोजनाहरूमा लगानी नगर्न बैंकहरुलाई समेत दबाब बढाएकी छन् । विश्वको जलवायु समस्याको एक कारणमा बैंकहरुले गर्ने विनाशकारी परियोजनाको लगानी पनि भएको भन्दै ग्रेटाले बैंकहरुले लगानी गर्न नहुने बताउँदै आएकी छन् ।
उनले बीबीसीसँग भनेकी छिन,‘यदि राजनीतिज्ञहरूमा दबाब बढ्न सक्यो भने परिवर्तन सम्भव छ । बैंकहरुले वातावरण विनाश गर्ने परियोजनाहरूमा लगानी अन्त्य गर्नुपर्छ ।’