नेपालले टस जित्यो, पीएनजीविरुद्ध पहिले फिल्डिङ गर्दै
चैत ८, २०७८काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिग टू’मा नेपाल आज पपुवा न्युगिनीसँग खेल्दैछ । नेपाली समय अनुसार बिहान ११ः१५ मा शुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यही शृङ्खलामा नेपालले यसअघि पीएनजीलाई हराएको थियो । नेपालको शृङ्खलाको यो अन्तिम खेल हो । युएईसँगका दुवै खेलमा भने नेपाल पराजित भएको थियो ।
सबै पढ्नुहोस