×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देशका ७ वटा विश्वविद्यालयमा एकैपटक नियुक्त भए नयाँ उपकुलपति!

देशका ७ वटा विश्वविद्यालयमा एकैपटक नियुक्त भए नयाँ उपकुलपति!

काठमाडौं - प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले शुक्रबार एकैपटक देशका ७ वटा विश्वविद्यालयमा उपकुलपति (VC) नियुक्त गरेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित छनोट समितिले खुला प्रतिस्पर्धा र कार्यविधिको आधारमा सिफारिस गरेपछि यी नियुक्तिहरू भएका हुन्। नयाँ नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. भोला थापा नियुक्त भएका छन् भने पूर्वाञ्चलमा प्रा. सुजनबाबु मरहठ्ठा, सुदूरपश्चिममा प्रा. किसनदत्त भट्ट, मध्यपश्चिममा प्रा. राजन सुवाल, पोखरामा प्रा. देवेन्द्र अधिकारी, राजर्षी जनकमा प्रा. श्यामनारायण लाभ र कृषि तथा वन विश्वविद्यालयमा प्रा. ऋषिराम कट्टेल नियुक्त भएका छन्। ८ विश्वविद्यालयका लागि परेका २१८ आवेदनमध्येबाट अन्तर्वार्ता र कार्ययोजना मूल्यांकन गरी उत्कृष्ट ३ जनाको सर्टलिस्टबाट यी प्राज्ञिक विज्ञहरू छानिएका हुन् भने लुम्बिनी बौद्ध विश्वविद्यालयको नियुक्ति प्रक्रियामै रहेको छ।

प्रतिकृया दिनुहोस्