बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका ३ जनाको मृत्यु
असोज २, २०७८नेपालगन्ज - बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर बर्दिया स्थीत ठाकुरबाबा नगरपालिका –३ का ३१ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २७ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजू ४३ वर्षकी बेलमती थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताउनुभयो ।
सबै पढ्नुहोस