×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

लुम्बिनी प्रदेश

भेरी अस्पतालमा २२ वर्षीय युवकसहित दुई सङ्क्रमितको मृत्यु

भेरी अस्पतालमा २२ वर्षीय युवकसहित दुई सङ्क्रमितको मृत्यु

नेपालगञ्ज-भेरी अस्पतालमा बाँकेका एक २२ वर्षीय युवकसहित थप दुईजना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना बाँके कोहलपुरका हुन् भने अर्का बर्दियाका बृद्ध भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका कोराना फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका–५ का २२ वर्षीय पुरुषको आइतवार विहान मृत्यु भएको हो । उहाँलाई असोज ४ गते कोभिड पुष्टि भएको थियो ।
त्यसको भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा स्वास्थ्यमा सुधार नआउँदा उहाँको आइतवार विहान साढे एक बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिनुभयो ।

यस्तै बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै उपचारका क्रममा गएराती मृत्यु भएको थियो ।
भदौ ३० गते कोभिड पुष्टि भएका उहाँलाई सोही दिन भेरी अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआउँदा गएराती मृत्यु भएको ओलीले बताउनुभयो ।
योसँगै कोरोना सङ्क्रमणबाट बाँकेका स्थानीयको मृत्यु हुनेको सङ्ख्या ३३४ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँकेमा आएर मृत्यु हुनेको सङ्ख्या ४१८ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्