सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो
असोज २०, २०८०काठमाडौं- यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णालीको पश्चिम भूभागबाट बाहिरिएको छ। बाँकी स्थानबाट पनि केही दिनमा मनसुन बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण दिउँसो कोशी, बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा हुनेछ।
सबै पढ्नुहोस