पञ्जाबको कप्तान बने मंयक
फाल्गुण १६, २०७८काठमाडौँ- आइपीएल क्लव पञ्जाब किंग्सको कप्तानमा मंयक अग्रवाल चयन भएका छन् । क्लबले १२ करोडमा रिटेन गरेका मयंकलाई कप्तान बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी २०१८ देखि यो टिमको महत्वपूर्ण सदस्यका रूपमा रहेका छन् । २०११ मा आईपीएलमा डेब्यू गरेका मंयक यो प्रतियोगिताको १०० खेलमा २३.४६ को औसतमा २१३५ रन बनाएका छन् । ९५ इनिङमा उनले १ शतक र ११ अर्धशतक प्रहार गरेका छन् ।
सबै पढ्नुहोस