×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

साउथ सुपरस्टार प्रभासले पठाए नेपाली फ्यानलाई सन्देश

साउथ सुपरस्टार प्रभासले पठाए नेपाली फ्यानलाई सन्देश

साउथ सुपरस्टार प्रभासले नेपाली दर्शकलाई सम्बोधन गर्दै भिडियो सन्देश पठाएका छन् । एक भिडियो सन्देशमार्फत उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘राधे श्याम’लाई अघिल्ला फिल्मझैँ माया गर्न आग्रह गरेका छन् ।

‘नमस्ते नेपाल । मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरूमा रिलिज हुँदै छ । हेरेर माया गरिदिनुहोला,’ आफ्नो सन्देशमा प्रभासले भनेका छन् । उनले यो भिडियो सन्देश फिल्म ‘राधे श्याम’को नेपाल वितरकलाई पठाएका हुन् ।

फिल्म आउँदो शुक्रबारदेखि नेपालमा पनि प्रदर्शन हुँदै छ । फिल्ममा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् । सन् १९७० को युरोपको सेटिङमा बनेको यो रोमान्टिक फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेको हुन् ।

‘बाहुबली’को प्रदर्शनयता नेपालमा पनि प्रभासको फ्यान छन् । उनको पछिल्लो रिलिज ‘साहो’को इनिसियल कलेक्सनले पनि यसलाई प्रस्ट्याइसकेको छ ।

प्रतिकृया दिनुहोस्