×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रौतहटमा रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार

रौतहटमा रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार

काठमाडौं - रौतहट क्षेत्र नम्बर–४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पौडेलमाथि अज्ञात समूहले कालोमसी दलेर दुर्व्यवहार गरेको छ।

बिहीबार राति गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सकेर फर्किने क्रममा मास्क लगाएका २–३ जनाको समूहले उनीमाथि मसी प्रहार गरेको हो।

सांसद पौडेलका अनुसार आक्रमणकारीहरूले हातमा रातो झण्डा र पर्चा बोकेका थिए र आफूलाई ‘मधेश मुक्ति अभियान’सँग आबद्ध रहेको संकेत छाडेका थिए। घटनालगत्तै प्रहरीलाई जानकारी गराइएको र फरार व्यक्तिहरूको तीव्रताका साथ खोजी भइरहेको छ।

प्रतिकृया दिनुहोस्