×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालकी जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

नेपालकी जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

काठमाडौँ- नेपाली महिला रेस्लर अस्मिता जुरेलीले अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिङ्गल फाइटमा अ‍मेरिकी रेस्लर जेसी स्ट्रोम पराजित गरेकी हुन् । भृकुटीमण्डपमा आयोजित प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थिति थियो ।

नेपाल महिला रेस्लिङ प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको टु भर्सेस वान फाइटमा नेपालका नेपाली ब्रो र स्नेहा थापाको जोडीले पाकिस्तानका कोबु ब्रान्डनलाई पराजित गरे। पुरुष सिङ्गल फाइटमा पाकिस्तानका जोर्डन होरले नेपालका ठागुलाई हराए। जोर्डनले भारतीय रेस्लरसँग खेल्ने तालिका भएपनि भारतीय रेस्लर नआएपछि जोर्डन ठागुसँग भिडेका थिए ।

नेपाली महिला रेस्लरबीचको सिङ्गल फाइटमा सपना तामाङ विजयी भइन् । सपनाले जमुना तामाङलाई पाखा लगाइन् । पुरुष सिङ्गल फाइटमा पाकिस्तानका कोबु ब्रान्डनले नेपालका नेपाली ब्रोमाथि जित हात पारे ।

विजेतालाई सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, रेस्लर भरतबहादुर विसुराल ९हिमालयन टाइगर०, प्रतिष्ठानकी अध्यक्ष भगवती खड्कालगायतले एक कार्यक्रमबीच बेल्ट र पुरस्कार वितरण गरेका थिए । एक दिने रेस्लिङमा नेपाल, अमेरिका र पाकिस्तानका रेस्लर सहभागी थिए ।

प्रतिकृया दिनुहोस्