तेस्रो टी–२० अन्तर्राष्ट्रियमा केन्याले नेपाललाई दियो १५७ रनको लक्ष्य
भदौ १२, २०७९काठमाडौं- केन्याले तेस्रो टी-२० अन्तर्राष्ट्रियमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको हो । राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि केन्याले १५७ रनको लक्ष्य दिएकाे हाे । पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा अविजित ७३ रन बनाए ।
सबै पढ्नुहोस