×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमबाप्पे र मेस्सी चम्किँदा पिएसजी अपराजित

एमबाप्पे र मेस्सी चम्किँदा पिएसजी अपराजित

एजेन्सी- फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी चम्कँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राख्न सफल भएको छ।

नान्टेसलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै पिएसजी अपराजित रहेको हो। १० खेलाडीमा समेटिएको नान्टेसमाथि पिएसजीको जितमा एमबाप्पेले दुई तथा नुनो मेन्डिसले एक गोल गरे।

नान्टेसमा शनिबार राति भएको खेलको १८औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले अग्रता लिएको थियो। उनले लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए । २४औं मिनेटमा घरेलु टोली नान्टेस १० खेलाडीमा समेटिन पुग्यो। फावियो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली समस्यामा परेको थियो।

नान्टेस १० खेलाडीमा समेटिन पुगेपनि पिएसजीले दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो। ५४औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। ६८औं मिनेटमा मेन्डिसले गोल गर्दै पिएसजीलाई सहज जित दिलाए।

यस खेलमा प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले लयमा रहेको ब्राजिली फरवार्ड नेयमारलाई दोस्रो हाफमा एमबाप्पेको स्थानमा मैदान प्रवेश गराएका थिए। तर यो सिजन लिग वानको ५ खेला ७ गोल र ६ असिस्ट दिएका नेयमारले गोल गर्न सकेनन्।

यो जितसँगै अपराजित रहेको पिएसजी ६ खेलबाट ५ जित र १ बराबीसँगै १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ। समान १६ अंक नै रहेपनि मार्से गोल अन्तरमा दोस्रो स्थानमा छ । पराजित नान्टेस ६ अंक जोडेर १०औं स्थानमा छ।

प्रतिकृया दिनुहोस्