×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

फिफा निलम्बन फुकुवा नहुँदा साफ च्याम्पियनसिप गुमाउँदै नेपाल

फिफा निलम्बन फुकुवा नहुँदा साफ च्याम्पियनसिप गुमाउँदै नेपाल

काठमाडौँ - फिफा (FIFA) को निलम्बनमा परेको नेपालले यसपटक आयोजना हुने दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता 'साफ च्याम्पियनसिप' खेल्न नपाउने भएको छ। साफले नेपालको निलम्बन फुकुवा गरी प्रतियोगितामा सहभागी हुन दिएको सेप्टेम्बर ३० को अन्तिम म्याद गुज्रिएसँगै नेपाल आधिकारिक रूपमा प्रतियोगिताबाट बाहिरिएको हो।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा चर्किएको आन्तरिक विवाद र गैरजिम्मेवार कार्यशैलीका कारण फिफाले नेपाललाई निलम्बन गरेको थियो। तोकिएको समयसीमाभित्र निलम्बन फुकुवाको प्रक्रिया पूरा हुन नसकेपछि साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक नेपालको सहभागिता रद्द भएको छ।

 

आगामी नोभेम्बर ५ देखि १७ तारिखसम्म बङ्गलादेशमा आयोजना हुने यस वर्षको साफ च्याम्पियनसिपमा नेपालबिना नै अन्य दक्षिण एसियाली टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। साफका सबै अघिल्ला संस्करणहरूमा निरन्तर सहभागी हुँदै आएको नेपालका लागि यो एक ठूलो झटका बनेको छ।

प्रतिकृया दिनुहोस्