×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गुणस्तर नपुगेपछि रारा चाउचाउको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश

गुणस्तर नपुगेपछि रारा चाउचाउको एक ब्याच बजारबाट फिर्ता गर्न आदेश

काठमाडौं - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा ब्रान्डको चाउचाउको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

विभागका अनुसार नियमित बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा तोकिएको खाद्य गुणस्तर मापदण्ड पूरा नभएको पाइएपछि यस्तो निर्देशन दिइएको हो।फिर्ता गर्न भनिएको उत्पादन हिमश्री फुड्स प्रालिले उत्पादन गरेको ६० ग्रामको रारा चाउचाउ हो। यसको ब्याच नम्बर ‘आरईजी ०१’ र उत्पादन मिति ५ फेब्रुअरी २०२६ रहेको विभागले जनाएको छ।

उक्त उत्पादनको उपभोग्य अवधि उत्पादन मितिदेखि १२ महिना तोकिएको भए पनि परीक्षणमा गुणस्तर मापदण्ड पूरा नभएको पाइएपछि सम्बन्धित ब्याचका उत्पादन बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको हो।

विभागले उक्त ब्याचका चाउचाउ बिक्री तथा वितरण नगर्न उत्पादक तथा सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ। साथै उपभोक्तालाई पनि उक्त उत्पादनको ब्याच नम्बर र उत्पादन मिति हेरेर खरिद तथा उपभोग नगर्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्