इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा
माघ १८, २०७९काठमाडौँ- साबिक विजेता इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ। इन्टरले क्वाटरफाइनलमा एटालान्टालाई १-० गोलले पराजित गरेको हो। सान सिरोमा गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। एटालान्टाभन्दा उत्कृष्ट प्रदर्शन गरेपनि ब्रेक अगाडि इन्टरले गोल गर्न भने सकेन। उसले डेडलक तोड्नका लागि ५७ मिनेटसम्म कुर्नुपर्यो।
सबै पढ्नुहोस