एजेन्सी - दक्षिण अफ्रिकामा जारी टी-ट्वान्टी महिला विश्वकपमा श्रीलंकाले लगातार दोस्रो खेलमा जित निकालेको छ।
आइतबार राति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ७ विकेटले पराजित गर्दे समूह १ मा ४ अंक बनाउँदै शीर्ष स्थानमा रहन सफल भयो। समूह एकमा श्रीलंका र बंगलादेशसँगै अस्ट्रेलिया, दक्षिण अफ्रका र न्युजिल्यान्ड रहेका छन्।
टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य श्रीलंकाले १० बल बाँकी हुँदा ३ विकेट गुमाएर पूरा गरेको थियो।
श्रीलंकाको जितमा हर्सिता समराविक्रमले ६९ रन र निलक्सी डी सिल्भाले ४१ रनमा अविजित रहँदै टिमको जित निश्चित गरेका थिए। कप्तान चामरी अथापथ्थुले १५ रन बनाएकी थिइन्।
त्यसअघि पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि सोभावना मोस्टारीले २९ रन बनाउँदा कप्तान निगर सुल्तनाले २८ रन बनाएकी थिइन्। त्यस्तै, ओपनर शामीमा शुल्तनाले २० रन बनाएकी थिइन्। श्रीलंकाका लागि ओसाडी रनासिङ्गेले ३ विकेट लिएकी थिइन्।