×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि आज न्यू डायमण्ड र एपीएफ भिड्दै

राष्ट्रिय महिला भलिबल : उपाधिका लागि आज न्यू डायमण्ड र एपीएफ भिड्दै

काठमाण्डाै - राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज न्यु डायमण्ड स्पाेर्ट्स क्लब र विभागीय टोली एपीएफ खेल्दैछन् । न्यु डायमण्ड प्रतियोगितामा अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो भने एपीएफ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

न्यु डायमण्डले ३ खेलमा ९ अङ्क र एपीएफले ३ खेलमा ६ अङ्क जोडेका छन् । यस्तै तेस्रो स्थानका लागि पनि आजै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा चलिरहेको प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेता टोलीले तीन लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिकृया दिनुहोस्